काठमाडौं । काठमाडौं मुक्तिनाथ विकास बैंकले १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’अभियानको सञ्चालन गरेको छ।
यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रम छनौट गरी आवश्यकता अनुसार थोपा सिँचाई करेसा बारीको निर्माण, तरकारीहरूको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तान्तरण गरेको छ।
दैनिक रुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भएपनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरूवात गरेको बताएको छ। यसबाट संस्थामा बस्ने सदस्यहरूमा कृषि र फोहोर व्यवस्थापनको बारे जागरुकता सिर्जना हुने समेत बैंकले विश्वास लिएको छ। साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। मुक्तिनाथ विकास बैंकले १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै ुमुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट अभियानको सञ्चालन गरेको छ।
यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रम छनौट गरी आवश्यकता अनुसार थोपा सिँचाई करेसा बारीको निर्माण, तरकारीहरूको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तान्तरण गरेको छ।
दैनिक रुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भएपनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरूवात गरेको बताएको छ।
यसबाट संस्थामा बस्ने सदस्यहरूमा कृषि र फोहोर व्यवस्थापनको बारे जागरुकता सिर्जना हुने समेत बैंकले विश्वास लिएको छ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
FACEBOOK COMMENTS