काठमाडौं । लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आ.व. २०७८/७९ मा १ खर्ब ३९ अर्ब निक्षेप र १ खर्ब ३२ अर्ब कर्जा पु¥याएको बैंकको वासलातको आकार १ खर्ब ७३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
FACEBOOK COMMENTS