काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
बैंकको १५ औं बार्षिक साधारण सभाबाट निर्बिरोध निर्वाचित सञ्चालकहरु मध्ये भट्टराईलाई सञ्चालक समितीको पहिलो बैठकले सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको थियो ।
नवनियुक्त अध्यक्ष भट्टराइले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२)बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष(बिहीबार) पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।
शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्ध राज शर्मा र लुम्बिनी विकास बैंक लिमिटेडका नव निर्वाचित सञ्चालक गणेश राज रेग्मी, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र मुख्य प्रबन्धक दिपक खनालको समेत उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS