काठमाडौं । आईएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुरु गरेको छ ।
यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा ३० पुसदेखि पुनः सुरु गरिएको कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरुले आईएमई पे एपबाट मोबाइल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने कम्पनीले बताएको छ । हालसम्म ४० लाखभन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको यो कम्पनीले सम्पूर्ण ग्राहक वर्गलाई यो सेवा समर्पित गरेको जनाएको छ । प्रयोगकर्ताहरुले १ महिनाको समय अन्तरालमा आफ्नो मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम १०० रुपैयाँ क्यासब्याक र अन्य मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS