काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरको ओपनिक मूल्य ३७१.५९ रुपैंयाँ तोकेको छ ।
साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर संरचना संस्थापक समूहअन्तर्गत ७० प्रतिशत तथा सर्वसाधारण समूहअन्तर्गत ३० प्रतिशत रहेकोमा कम्पनीको साधारणसभाबाट निर्णय भइ नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त भएअनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) मा रहेको व्यवस्था बमोजिम सो अवधिमा यथावत रहनेगरी कम्पनीको पुँजि संरचना संस्थापक समूहअन्तर्गत ५१ प्रतिशत तथा सर्वसाधारण समूहअन्तर्गत ४९ प्रतिशत रहनेगरी अभिलेख भएको हो ।
साविक सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर हुँदा शेयर स्वाप अनुपात साविक सूर्या लाइफ इन्स्योरेन्सको एक कित्ता कराबर एक कित्ता र साविक ज्योति लाइफ इन्स्योरेन्सको एक कित्ता बराबर ०.८२४५ कित्ता कायम थियो । सोही बमोजिम शेयरधनीहरुको नाममा शेयर कित्ता कायम भएको कम्पनीले जनाएको छ ।
दुवै कम्पनी यही पुस ७ गते मर्ज भइ सूर्यज्योति लाइफ इन्स्योरेन्स (एसजेएलआईसी) को नामबाट एकीकृत कारोबार सुरु गरेको थियो । जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जरपछि बनेको इन्स्योरेन्स आइएसओ ९००१ः२०१५ बाट सम्मानित भइसकेको छ । हाल कम्पनीको चुक्ता पुँजि ४.५४ अर्ब रुपैंयाँ छ भने कम्पनीले देशभर रहेका १८१ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS