काठमाडौँ । कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनहरुलाई रोजगारको अवसर खुलेको छ ।
कुवेत सरकारको स्वास्थ्य मन्त्रालय मातहतमा चल्ने त्यहाँका सरकारी अस्पतालहरुमा योग्य नेपाली कामदारको माग गरेको हो । कुवेतको सिटी ग्रुप कम्पनीमार्फत टेण्डर प्राप्त गरी नेपाल स्थित बसुन्धारामा रहेको ओमेगा इन्टरनेशनल प्रा।लि बीच नेपाली कामदार पठाउन सम्झौता भएको छ ।
कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा फार्मेसी सहायक, रेडियोग्राफी र ल्याब टेक्निसियन गरेका नेपालीहरुलाई रोजगारको लागि माग गरेको ओमेगा इन्टरनेशनल प्रा।लि।ले जानकारी दिए । नेपालमा ठूलो रकम खर्च गरेर अध्ययन गरेका नेपाली विद्यार्थीहरुलाई यो अवसर आउनु निकै खुसीको विषय बनेको प्रा।लि।को दावी छ । कुवेतबाट करिब १७०८ जना कामदारको माग भएको छ ।
FACEBOOK COMMENTS