काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणीको सम्पत्ति लिलाम सम्बन्धी सूचना प्रकाशित गर्दा फोटो छाप्न नपाउने भएका छन् ।
हाल बैंक तथा वित्तीय संस्थाले निर्धारित समयमा कर्जा नतिर्ने ऋणीको सम्पत्ति लिलाम गर्दा पत्रिकामा फोटो सहित तीन पुस्ते सूचना प्रकाशित गर्ने गरेका छन् ।
ऋणीको नाम, ठेगाना र तीन पुस्ते विवरण छाप्न रोक नलगाएको केन्द्रीय बैंकले प्राकृतिक व्यक्तिको फोटो सहितको विवरण नछाप्न निर्देशन दिएको छ ।
बिहीबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
FACEBOOK COMMENTS