काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।
स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानूनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामाग्री प्राप्त भएकाले जाँच बुझका लागि ठाकुरलाई निलम्बन गरिएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
नागरिक उड्डयन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्दैशकलाई पत्र पठाएको छ ।
थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने तयारीमा रहेको उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्र केसीले जानकारी दिएका छन्।केही दिनपहिले मात्रै अख्तियारले विमानस्थलको आन्तरिकतर्फका प्रमुख पूर्ण चुडाललाई घुस बापतको रकमसहित पक्राउ गरेको थियो ।
FACEBOOK COMMENTS