काठमाडौं । नेको इन्स्योरेन्सको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७.२० प्रतिशतले बढेर १७ करोड ६० लाख ६५ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा १५ करोड २ लाख २४ हजार रुपैयाँ रहेको थियो ।
६ महिनाको अवधिमा कम्पनीको बीमा कोषको आकार २३.२५ प्रतिशतले बढेर १ अर्ब ४४ करोड ७५ लाख २९ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब १७ करोड ४५ लाख १ हजार रुपैयाँ रहेको थियो ।
नाफा बढाएको कम्पनीको खुद बीमा शुल्क आर्जन भने ९८ करोड ५४ लाख ९४ हजार रुपैयाँबाट घटेर ८७ करोड २५ लाख ८० हजार रुपैयाँ रहेको छ ।
२ अर्ब १ करोड २३ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ३२ करोड १६ लाख ५४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५० पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ०५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS