काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईसीसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
हिजो बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनाका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् ।
खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भन्, ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाइँहरूलाई बधाइ छ । तपाइँहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।’
FACEBOOK COMMENTS