काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५६ औं वर्षमा प्रवेश गरेको छ ।
कार्यक्रममाअर्थमन्त्रालयका राजस्व सचिव डा। रामप्रसाद घिमिरेले संस्थान लामो धरोहर बोकेको संस्था भएको बताएका छन् – “यो स्थापनाको कालमा संस्थान एक्लै थियो सिधै हिँडे पुग्थ्यो । अहिले समय फेरिएको छ । दायाँ बायाँ प्रतिष्प्रधीहरुसँग प्रतिष्प्रर्धा गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । यो प्रतिष्पर्धा गर्ने सन्दर्भमा राष्ट्रिय बीमा संस्थानले सामथ्र्य राख्छ र राख्नुपर्छ ।”
सरकारी विद्यालयहरुले राम्रो ख्याती कमाउन थालेको बेलामा बीमा क्षेत्रले पनि त्यसलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिंदै उनले भने – “बीमा संस्थानले लामो इतिहास बोकेको छ ।
अहिलेको अवस्थामा बीमा संस्थान एक्लो छैन् । प्रतिस्पर्धीहरु बढेका छन् । अब बीमा संस्थानले दायाँ बायाँ पनि हेर्नुपर्छ । यो संस्थानलाई समयले दिएको चुनौती पनि हो ।” बीमा क्षेत्रमा विश्वास गुमाइसकेपछि काम नलाग्ने भन्दै उहाँले विश्वासमात्रै नभई आत्मविश्वास दरिलो बनाएर अगाडि बढ्न संस्थानलाई आग्रह गरे ।
बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउँदै संस्थानले निराश हुनुभन्दा पनि प्रतिस्पर्धा गर्नुपर्ने बेला आएको उनले बताए । अहिले समग्र बीमा क्षेत्रमा विभिन्न नयाँ नयाँ प्रवृतिहरु आएकोतर्फ ध्यानाकर्षण गराउँदै सचिव घिमिरेले भने – “नयाँ नयाँ जोखिमका प्रकारहरु आएका छन् । जसलाई समयमै बुझ्न र पहिचान गर्न सकेनौं भने हामी अगाडि बढ्न सक्दैनौं ।”
प्रतिष्पर्धीहरु आएका छन् उनीहरुको क्षमतालाई आंकलन गरेर प्रतिष्पर्धी अहिलेको समयमा आफुलाई खरो रुपमा अगाडि बढाएर प्रमाणीत गर्ने बेला आएको भन्दै उनले भने –“सार्वजनिक संस्थान भनेर हिनताबोध र लघुताभाषबाट अगाडि बढ्न सकिँदैन, नयाँ जोश जाँगर चाहिन्छ ।”
बीमा गर्नेको ठूलो संख्या रहेको भन्दै उनले त्यो तथ्याङ्कलाई कसरी व्यवस्थित राख्ने र कसरी सुरक्षित राख्ने सबैको लागि चुनौति रहेको भन्दै उनले भने – “सेक्युरिटी र प्राइभेसीको कुरा पनि छ । अर्को कुरा डिजीटल मोर्डनाइजेशनमा हामी कसरी जाने भन्नेतर्फ पनि ध्यान दिन आवश्यक छ । प्रविधिमा जाँदा पनि दिगो क्षमतामा छ कि छैन ख्याल गर्नुपर्ने अवस्था रहेको छ ।”
वार्षिकोत्सव समारोहमा संस्थानमा कार्यरत अभिकर्तामध्ये १० उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरिएको छ । संस्थानले सर्वोत्कृष्ट व्यवसाय गर्ने बीमा अभिकर्ता हरिशरण शिवाकोटीका साथै मन कुमार रेग्मी (निरौला), राजन रिमाल, शान्ति महर्जन, नारायण प्रसाद गिरी, गजेन्द्र ठाकुर, बिरेन्द्र बहादुर शंकर, धर्मराज जोशी, बद्री प्रसाद उप्रेती र कान्छा थापा क्षेत्रीसमेत गरि १० जना अभिकर्तालाई समान गरेको हो ।
FACEBOOK COMMENTS