काठमाडौं । यूवा शक्तिको जागरण गराउने उदेश्यले पूर्वाञ्चल नमुना संयूक्त राष्ट्र संघ सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।
वैचारिक यूवा समाजले अमेरिकी दूतावाससँगको सहकार्यमा फागुन १६ गते उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे । कार्यक्रममा प्रदेशका विभिन्न क्षेत्रबाट र विभिन्न संकायबाट विद्याथीको सहभागीता रहेको िथयाे । कार्यक्रममा सहभागी युवाहरु विभिन्न राष्ट्रहरुको प्रतिनिधित्व गर्दै विभिन्न विषयमा देशको वर्तमान र विगतको अवस्थाबारे छलफल , वादविवाद, अनुसन्धान, नेतृत्वसँग सम्बन्धीत सिप िसकेकाे आयोगले जनाएकाे छ ।
४० भन्दा बढी सदश्यको सहभागिता रहेको कार्यक्रमले १० जुलाई २०२३ नेपालमा हुन गइरहेको अन्तराष्ट्रिय स्तरको नमुना संगठनलाई प्रतिनिधि छान्न सहयोग पुर्याउने आयोगले जनाएको छ ।
FACEBOOK COMMENTS