काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने भएको छ ।
ईण्डियन आयल कर्पोरेशनले बुधबार इन्धनको मूल्य घटाएर सूची पठाएको थियो । तर निगमले तत्काल मूल्य नघटाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले बताए । आईओसीले पठाएको सूचीमा खाना पकाउने ग्याँसको मूल्य बढेको र डिजल तथा पेट्रोलको घटेको थियो ।
नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ ।
निगमलाई मट्टीतेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले घटेको छ । हाल निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ ।
FACEBOOK COMMENTS