काठमाडौं । आइसीसी लिग-२ को अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)माथि ५२ रनले जित निकालेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पीएनजीलाई २ सय ९८ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा पीएनजी २४५ रनमै अलआउट भयो।
जवाफी ब्याटिङका क्रममा पीएनजीले सुरुवाती ११ ओभरमा नेपालमाथि दबाब सिर्जना गरे पनि १२ ओभरदेखि नेपाल खेलमा फर्किएको थियो।
२ सय ९८ को लक्ष्यसहित मैदानमा उत्रिएको पीएनजीको लय किलपिन डोरिगालाई रनआउट गरेर भत्काउन सुरु गरिएको थियो। कुशल मल्लको बलमा दिपेन्द्र ऐरीको फिल्डिङबाट विकेटकिपर आरिफ शेखले डोरिगालाई रनआउट गरेका थिए।
त्यसपछि १४औं ओभरको तेस्रो ओभरमा नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सेसे बाउलाई सोमपाल कामीबाट क्याचआउट गराए।
पीएनजीका लागि उत्कृष्ट बलिङ गरिरहेका टोनी उरालाई सन्दिप लामिछाने आरिफ शेखबाट क्याचआउट गरेसँग लय भत्किएको हो उरा ४४ बलमा ५० रनसहित खेलिरहेका थिए।
नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी चार विकेट लिए। यसैगरी दपेन्द्र सिंह ऐरीले दुई विकेट र कुशल मल्लले एक विकेट लिए। पीएनजीका चार ब्याटर भने रनआउट भए।
नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन नै बनाउँदै नेपाललाई मजबुत अवस्थामा पुर्या्एका थिए। उनीसँग उत्कृनष्ट साझेदारी गर्ने क्रममा अर्का ओपनर कुशल भुर्तेलले ५६ बलमा ४५ रन बनाए।
भीम सार्कीले बिहीबार पनि महत्वपूर्ण योगदान गरे। उनले ३८ बलमा ४४ रन बनाए। यसैगरी रोहित पौडेलले ३९ बलमा ३० र आरिफ शेखले १३ बलमा १५ रन बनाएर आउट भए। अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लको खराब लय जारी खेलमा पनि कायम रह्यो। अर्को खेल नेपालले आइतबार यूएईसँग खेल्नेछ।
FACEBOOK COMMENTS