काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको इकाई कारोबारमा लाग्ने शुल्क घटेको छ ।
योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले चैत १ गतेदेखि लागू हुने गरी प्रति कारोबार इकाई हस्तान्तरण शुल्क ५ लाग्ने व्यवस्था गरेको हो ।
यस अघि इकाईधनीहरूबाट प्रत्येक कारोबार राफसाफ शुल्क २५ लाग्ने व्यवस्था रहेकोमा २० शुल्क घटाईएको हो ।
एनआईसी एशिया बैंक कोष प्रबद्र्धक रहेको खुलामुखी प्रकृतिको यस योजना २०७७ सालदेखि सञ्चालनमा रहेको छ ।
यस योजना सञ्चालनका लागि योजना व्यवस्थापकले २०७७ साल कात्तिक २१ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
माघ मसान्तसम्मको वित्तीय विवरण अनुसार यस योजनाको इकाई संख्या ५ करोड १४ लाख ४६ हजार ३०० रहेको थियो ।
सो अवधिसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १० दशमलव ७२ रहेको थियो । फागुन महिनाको वित्तीय विवरण भने योजनाले सार्वजनिक गर्न बाँकी छ ।
FACEBOOK COMMENTS