काठमाडौँ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले केबुलकार कम्पनीसँग एक सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले मनकामना केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरूले उक्त केबुलकार सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
FACEBOOK COMMENTS