काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बजारलाई दिगो र स्थायी बनाउनका लागि नयाँ स्टक आवश्यक भएको बताएका छन् । नयाँ स्टक भएको खण्डका लगानीकर्ताले अहिले राख्दै आएको करिब सबै माग सम्बोधन हुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित लगानिकर्ता अन्तक्रिर्या कार्यक्रममा हमालले यस्तो बताएका हुन् । अध्यक्ष हमालले आफु अध्यक्ष हुने बेलामा नै सरकार समक्ष पेस गरेको भिजन पेपरमा लगानीकर्ताका अपेक्षा समेटेको बताए । तर नेपालमा काम गर्न निकै गाह्रो रहेको उनको भनाइ छ ।
बजार सुधारका लागि ल्याउने हरेक काम मेरिट बेसिस भएको उनले बताए । बोर्डले गर्ने हरेक काम समय तालिका अनुसार रहेको उनको भनाइ छ ।
बजारमा सधैं सिन्डिकेट भएको भन्दै उनले बजारलाई खुला छोड्न नयाँ ब्रोकर आवश्यक रहेको बताए । हरेक नीति सबैको हितमा नहुने र कसैलाई मन पर्ने कसैलाई नपर्ने खालको हुने बताए । नीति कार्यान्वयन गर्न न्यायालय, राज्य, सरकार सबै सकारात्मक हुनुपर्ने र त्यसो भए सिन्डिकेट तोडिने उनको भनाइ छ ।
हमालले मापदण्ड पुगेका सबै कम्पनीले तोकिएको समयमा लाइसेन्स गरि पाउने गरि काम गरेको उनको दाबी छ । ‘हामीले गरेको पहिलो प्रयासले यस्तै भयो। अझै पनि हामी लागि रहेका छौं’ उनले भने ।
हमालले बजारलाई प्रतिस्पर्धा गराउन नयाँ स्टक आवश्यक रहेको तर्क गरे । उनले प्रतिस्पर्धाका लागि मैदान तयार गर्ने काम भइरहेको बताए । पहिला ब्रोकर शाखा बिस्तार गर्न १९ महिना लाग्ने गरेको स्मरण गर्दै हमालले अहिले फटाफट काम भएको दाबी गरे । हमालले नेपालमा १०० ब्रोकर चाहिने बताए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नयाँ ब्रोकर, स्टक र कम्बोडिटीसँग सम्बन्धित मुद्दाको चाँडो निरुपण हुनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘समृद्ध नेपालको आधार, पुँजीबजार सुधार’ नामक लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा बोर्ड अध्यक्ष हमालले सात महिनादेखि मुद्दा विचाराधीन हुँदा समस्या भएको बताए । उनले आफूहरुलाई निर्णय चाँडो चाहिएको भन्दै आफ्नो पक्षमै निर्णय हुनुपर्छ भनेर आफूहरुले नभएको तर्क गरे ।
‘हामीलाई निर्णय चाहिएको हो । निर्णयको बन्दी बन्नु भएन । हाम्रो पक्षमा निर्णय होस् भनेको होइन’हमालले भने, ‘६/७ महिना भइसक्यो ११ अर्ब रुपैयाँ ठूला कम्पनीरुको त्यहाँ फसेको लगानीको हरेक दिनको मूल्य हुन्छ । लगानीकर्तालाई भार हुन्छ त्यो भार कसले ब्यहोर्ने रु सात महिना सानो समय होइन ।’
अध्यक्ष हमालले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मा संलग्न एक जनाविरुद्ध मुद्दा दायर गरेको र यसमा संलग्न अन्य व्यक्ति र कम्पनीमाथि पनि मुद्दा दर्ताको तयारी भइरहेको बताए । त्यसबारे थप अध्ययन अनुसान्धान भइरहेको हमालको भनाइ छ । उनले पुँजी बजारको ३० वर्षे इतिहासमा भित्रि कारोबारमा संलग्न माथि मुद्दा चलाइएको पहिलो घटना भएको बताए ।
कार्यक्रममा नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले अध्यक्ष हमाललाई राम्रो कामका लागि साथ र सहयोग गर्ने बताए । उनले लगानीकर्ताको सम्पत्ति ५० प्रतिशत डुबेको दाबी गरे । उनले ब्रोकर कमिशन ०.२५ % कायम गर्न आग्रह गरे ।
FACEBOOK COMMENTS