काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजमका अध्यक्ष रामचन्द्र शर्माले बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २५ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
FACEBOOK COMMENTS