काठमाडौँ । भरत आचार्य, उमेशलाल र अन्जन श्रेष्ठको साझा उम्मेदवार बन्ने भने पनि भरत आचार्यको साथ कसलाई भन्ने प्रश्न उठेको छ ।
महासंघको चुनावमा आचार्यले उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव उठ्ने घोषणा गरेका थिए । तर अन्तिम समयमा आएर आचार्यलाई अन्जन श्रेष्ठको समूहले समेत समर्थन दिएको छ ।
यो सँगै उमेशलाल समूह र अन्जन समूह धुर्विकृत भएको छ । एसोसियटको मतभार ३० प्रतिशत रहेको छ । अब आचार्यको भोट वरिष्ठको उम्मेदवार अन्जन वा उमेशलाल मध्ये कसलाई हाल्लान भन्ने भएको छ । आचार्य भने अहिलेको अर्थतन्त्र धारासायी बन्दै गइरहेको अवस्थामो एसोसियटमा भएपनि सर्वसम्मत गरेर अगाडी बढ्नु पर्ने बताउँछन् ।
तर महासंघको राजनीतिले रफ्तार समाई सकेको छ । यस पटकको महासंघको वरिष्ठको उम्मेदवारीमा ३ जानाको मनोनयन परेको छ । चुनाब जित्न रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ मध्ये एक जानाले ५१ प्रतिशत मत कटाउन पर्ने हुन्छ ।
अहिलेको अवस्थामा जिल्ला, वस्तुगत र एसोसियटको मत धेरैथोरै तिनै समूहमा बाँडीने भएकाले ५१ प्रतिशत मत कुनै पनि उम्मेदवारको नकट्ने देखिन्छ । यस अवस्थामा पहिलो र दोस्रो हुने वरिष्ठका उम्मेदवारको पुन चुनाब हुने छ ।
दुई दिन अघि मात्र ज्योत्स्ना श्रेष्ठ अन्जनको समूहलाई छाडेर रामचन्द्र संघईको समूहमा पुगेकी थिइन् ।
ज्योत्स्नाले समूह परिर्वतन गरेपछि अन्जनको समूहबाट प्रवलजंग पाण्डे उठ्ने घोषणा गरेका थिए । तर आचार्य र पाण्डे ब्यवसायीक साझेदार रहेकाले सहमतिको वातावरण बनेको हो । अव एसोसिएटमा उमेशलाल र अन्जन समूहवाट ९ –९ जनाले उम्मेदवारी दिनेछन् ।
FACEBOOK COMMENTS