काठमाडौं । गोरखाको बुढीगण्डकी करिडोरको माछाखोलामा १३२ केभिए प्रसारण लाईन बन्ने भएको छ ।
उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्त्तिबहादुर बस्नेतले १३२ मात्रै नभएर राष्ट्रिय प्रशारण लाईन आवश्यकताको आधारमा काम हुने र गोरखाको त्यस क्षेत्रमा आफ्नो ध्यान गएकाे बताएका छन् ।
उक्त्त क्षेत्रमा पिपिए भैसकेका र पिपिए हुने लाईनमा रहेका हाईड्रो व्यवसायीहरुले छलफल गरि त्यस क्षेत्रमा तत्काल १३२ के भि ए प्रसारण लाईनको खांचो औलाएका थिए ।
गोरखाको उत्तरि भेगमा आयोजनाको लाईसेन्स लिएर बसेका अधिकांस व्यवसायीहरुले त्यस क्षेत्रको समस्या र छिटो हाईड्रो निर्माण हुन नसक्नुको कारण खोज्न करिडोर आयोजना संचालकहरूको समुह समेत निर्माण गरेका छन् ।
आजै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्त्तिबहादुर बस्नेतलाई भेटेर आयोजनाका संचालकहरूले करिडोरमा ट्रान्समिसनलाईनको समस्या हल गर्ने गरी काम गर्न आग्रह गरेका छन् ।
त्यस क्षेत्रमा तत्काल साना ठुला गरी १०० मेगावाट भन्दा बढि हाईड्रोपावरले काम थाल्न सक्ने अबस्था रहेको जानकारी गराए । उक्त क्षेत्रमा ४।५५ मेगावाटको हाईड्रो सम्पन्न गरि सकेका युवा व्यबसायी कृष्ण घिमिरे र सरो धितालसहित अन्य व्यवसायीहरुले ट्रान्समिसन लाईन नै लाईफ लाईन रहेको बताए ।
त्यस क्षेत्रमा ट्रान्समिसन लाईन बन्नु हाईड्रो पावरको क्षेत्रमा क्रान्ति शुरू हुने उनीहरुको भनाइ छ ।
मन्त्री बस्नेतले गोरखाको उत्तरी भुगोल र बुढिगण्डकी आसपासमा हाईड्रोपावरको निर्माण महत्वपुर्ण हुने र उक्त्त क्षेत्रको माछाखोलालाई नै प्रसारण लाईनको हब निर्माण गर्ने गरी अघि बढ्ने बताए ।
FACEBOOK COMMENTS