गाेरखा। प्रधानमन्त्री प्रचण्डले विदेशी मुद्राको सञ्चिति पहिलेभन्दा गुणात्मक रुपमा वृद्धि भएको दावी गरेका छन् । नेकपा माओवादी केन्द्र, गाेरखाले आज पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्ने उनले यस्तो दावी गरेका हुन् ।
प्रधानमन्त्री हुँदै गर्दा विदेशी मुद्राको सञ्चिति गम्भीर अवस्था रहेको उनकाे उनले बताए । ‘म प्रधानमन्त्री हुँदै गर्दा विदेशी मुद्राको सञ्चिति गम्भीर अवस्था रहेको थियाे,’ उनले भने,’ तर पनि केही नीतिगत र प्रक्रियागत निर्णयले विदेशी मुद्राको सञ्चिति पहिलेभन्दा गुणात्मक रुपमा वृद्धि भएको छ ।’
उनले सरकारको नेतृत्व गरेदेखि नै सामाजिक न्याय, सुशासन र समृद्धिलाई अगाडि बढाउने सङ्कल्प गर्दै आएको दावीसमेत गरे ।
माओवादी आन्दोलनको उग्रभूमि गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्याउने दावी गरे।
उनले अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने दावी गरेका हुन् ।
‘अहिलेको १० दलीय गठबन्धनमा दुई वर्षभित्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने सहमति भएको छु, उनले भने ‘हामी छिट्टै सबै दलको सहमतिमा शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पु¥याउनेछौँ ।’
उनले सरकारको एक सय दिनको कामले देशमा विकास र समृृद्धिको आधार खडा भएको दावी गरे ।
उनले जनताले सवारी चालक अनुमति पत्र, पासपोर्ट वा अन्य सेवा प्राप्त गर्दा भोगिराखेका भन्झट र विदेशमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षासँग जोड्ने कुराको थालनी गर्नु सरकारको प्रारम्भिक चरणको महत्वपूर्ण कदम भएको तर्क गरे ।
प्रधानमन्त्री प्रचण्डले सरकारले ल्याउने नयाँ नीति तथा कार्यक्रम परम्परागत ढङ्गको बनाएर नहुने भन्दै नयाँ ढङ्गको बनाउने गरी गठबन्धन दलमा छलफल भइसकेको बताए ।
सरकारले भर्खरै मात्र ल्याएको साझा नीति तथा कार्यक्रममा एमालेले सरकारलाई समर्थन दिँदा बनाइएको नीति तथा कार्यक्रमसहितलाई समेटेर सार्वजनिक गरेकाे उनकाे दावी थियाे ।
FACEBOOK COMMENTS