काठमाडौं । लघुबीमा कम्पनीले ५ लाख रुपैयाँ भन्दा कम बिमाङ्क भएको जीवन बीमालेख मात्रै जारी गर्ने पाउन भएका छन् ।
नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशिका २०७९ जारी गर्दै जीवन बीमातर्फ लघुबीमा कम्पनीले ५ लाख भन्दा कम बिमाङ्क रकम भएको मात्रै बीमा गर्नसक्ने व्यवस्था गरेको हो ।
यस्तै निर्जीवन बीमा तर्फ घर, सम्पत्ती तथा व्यवसाय बीमा ५० लघुबीमा ५० लाख रुपैयाँसम्मको गर्नसक्ने सीमा दिएको छ । यस्तै मोटर लघुबीमा ट्रेलर, ट्याकटर, थ्रेसर, मोटर अन्तरगत पर्ने, कृषि उपकरण, मोटरसाइकल, मोपेड, ट्याम्पु, रिकसा र ठेलागाडाको मात्रै लघुबीमा कम्पनीले बीमा गर्नसक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
निर्देशिकाअनुसार कम्पनीहरुले गरिब, निम्न आय वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायलाई लक्षित गरेर व्यवसाय गर्नु पर्नेछ। लघु जीवन बीमा व्यवसाय अन्तर्गत बीमकले बढीमा ४ प्रकारका बीमा गर्न सक्छन् । जसमा आजीवन, सावधिक, म्यादी र अन्य लघु जीवन बीमा छन् । यस्तै लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले ५ वटा प्रकारका बीमा व्यवसाय गर्न सक्ने व्यवस्था गरिएको छ। जसमा घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा, मोटर, इन्जिनियरिङ, दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघु निर्जीवन बीमा व्यवसाय छ।
बीमकले बीमितबाट पुरा बीमा शुल्क प्राप्त नगरी लघु बीमालेख जारी गर्न नपाउने व्यवस्था निर्देशिकाले गरेको छ । तर, संघ वा प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले बीमालेखमा अनुदान उपलब्ध गराएका छन् भने बराबरको रकम घटाइ बाँकी बीमाशुल्क लिई बीमा गर्न बाधा नपुग्ने निर्देशिकामा उल्लेख छ।
जीवन-बीमालेख-सम्बन्धी-निर्देशिका-२०७९
FACEBOOK COMMENTS