बाँके । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले अहिलेको अर्थतन्त्र जोगाउन नसक्ने दाबी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटनमा बोल्दै उनले अहिलेको अवस्था बिग्रिरहेको अर्थतन्त्र जोगाउने साहस वर्तमान सरकारमा नरहेको टिप्पणी गरेका हुन् ।
‘अहिलेका अर्थमन्त्री सकिँदैन कि क्या हो भनेर केही आफ्नालाई भन्नु भएछ मैले सुने,’ उनले भने, ‘हो यो गठबन्धनले सक्दैन । यो गलत कामको लागि मात्रै बनेको गठबन्धन हो । यो गठबन्धनले राम्रो गर्न सक्दैन ।’
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार हुँदा जनताका आशा जगाउने काम भएको बताए ।
‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि सबै कुरा राम्रो हुन्छ । जनताका भरोसा बढ्छ आत्म विश्वास बढ्छ’ उनले भने, ‘हामी सरकारबाट बाहिरिँदा सबै जनता निराश हुन्छ ।’
अहिलेको १० दलीय गठबन्धनले जनतालाई कुनै राम्रो कामको आभास दिलाउन नसकेको आरोप लगाए । उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने गरि लाग्न समेत निर्देशन दिएका थिए ।
FACEBOOK COMMENTS