![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने आधा दर्जन कम्पनीले यात्रुबाट उठाएको कर सरकारलाई नतिरेको पाइएको छ । महालेखा परीक्षकको ६०औं प्रतिवेदन अनुसार नेपालबाट साउदी अरब, सिंगापुर, दुबई, कुवेत, इस्तानबुल र भुटान उडान गर्ने वायुसेवा कम्पनीले सरकारलाई ७१ करोड ५ लाख १४ हजार कर नबुझाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले यी कम्पनीबाट सोमा लाग्ने शूल्क र ब्याज असुल गर्न भनेको छ ।
नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसारमा गर्दा वायुसेवा कम्पनीले ५ प्रतिशत र नेपालबाट विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने यात्रुले काट्ने निकटमा भने २ प्रतिशतका दरले कर लाग्छ ।
आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा दर्ता भएका ५ र नयाँ बानेश्वरमा दर्ता भएको १ वटा कम्पनीबाट यात्रुबाट कर उठाए पनि घटी कर दाखिला गरेको महालेखाले जनाएको छ । यसबारे अन्य हवाई कम्पनीबाट हुन सक्ने करछलीबारे समेत छानविन गर्न महालेखाले सरकारलाई सुझाव दिएको छ ।
FACEBOOK COMMENTS