काठमाडौं। नेपाली बजारमा महिन्द्रा एक्सयूभी–३०० आज बुधबार सार्वजनिक हुँदै छ। नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले आज महिन्द्रा एक्सयूभी ३०० सार्वजनिक गर्न लागेको हो।
सार्वजनिक हुन लागेको यस गाडीमा १७.७८ सेन्टिमिटरको इन्फोटेन्मेन्ट, एन्ड्रोइड एन्ड एप्पल कार प्ले कनेक्टिभिटी, माइक्रो हाइव्रिड टेक्नोलोजी, ड्यूल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन–सेन्सिङ वाइपर, अटो हेडल्याम्प, एन्टि–पिन्च फक्शनको साथ इलेक्ट्रीक सनरुफ, एडप्टिभ हेडल्याम्प सहितको रियर पार्किङ क्यामेरा, प्रिमियम अपहोल्स्ट्री, पुश बटन स्टार्टको साथ किलेस इन्ट्री जस्ता आकर्षक विशेषता उपलब्ध रहेका छन्।
यसको चारवटै चक्कामा डिस्क ब्रेक दिइएको छ भने फ्रन्ट पार्किङ सेन्सर, ६ वटा एयरव्याग, हिलस्टार्ट एसिस्ट सहितको इपिएस, एविएस, आइएसओफिक्स सीट र क्रनर व्रेकिङ कन्ट्रोल लगायत फिचर पाउन सकिन्छ। डब्ल्यु ६, डब्ल्यु ८ र डब्ल्यु ८(अप्सनल) गरी कुल तीन भेरिएन्टमा उपलब्ध यो एसयूभीको मूल्य ४३ लाखदेखी ६० लाख रुपैयाँसम्म कायम हुनसक्ने अनुमान गरिएको छ।
महिन्द्रा एक्सयूभी ३०० मा १.२ लिटर टीजीडीआई थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ। जसको अधिकतम पावर १३० पीएस र टर्क २५० एनएमसम्म रहेको छ।
६ स्पिड म्यानुअल गियरवक्स जडान गरिएको यो एसयूभीले इन्जिन स्टार्ट गरेको ५ सेकेन्डमै ० देखि ६० किमि प्रतिघण्टाको गति दिन सक्ने बताइएको छ। सार्वजनिक भएसँगै यस एसयूभी आजदेखि नेपाली बजारमा बुकिङका लागि खुला हुनेछ।
FACEBOOK COMMENTS