काठमाडौँ। गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी भएको छ।
काठमाडौंबाट चन्द्रगढी विमानस्थल हुँदै बुधबारे जाने क्रममा ओलीले पहिचानवादीको चर्को विरोध सहनु परेको हो।
झापामा ओलीविरुद्ध ढुंगामुढा, कार्यक्रम बिथोल्न खोजियो, संसदमा एमालेको आपत्ति
विरोध हुने थाहा पाएपछि ओलीको सुरक्षामा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो। तर ओली बुद्धशान्ति गाउँपालिका पुगेपछि कोशी प्रदेशलाई लिएर चर्को नाराबाजी भएको हो।
पहिचानवादीहरुले ‘कोशी प्रदेश खारेज गर’, ‘पहिचान मेट्न पाइँदैन’, ‘कोशी नाम चाहिँदैन, ‘केपी ओली मुर्दावाद’ र अन्य उग्र नारा लगाएका थिए।
पहिचानवादीहरुले ओलिको स्कर्टिङ टोलीमाथि ढुंगामुढा पनि गरेका थिए। तर प्रहरीले ओली सवार गाडीलाई कडा सुरक्षा दिएर एमालेको कार्यकर्ता भेटघाटस्थल बुधबार पुर्याएको थियो।
ओली आउने थाहा पाएपछि सयौँ पहिचानवादीहरु बुद्धशान्तिमा भेला भएर विरोधमा उत्रिएका थिए। उनीहरुले प्रहरीले दमन गरेको भन्दै चर्का नारा पनि लगाए।
FACEBOOK COMMENTS