काठमाडौँ । संसद राजेन्द्र बजगाईंले सेयर धितोकर्जा जोखिम भार घटाउन माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बजगाईंले राष्ट्र बैंक सेयरबजारमाथि निर्मम भइरहेको बताएका हुन्।
उनले सरकारसँग साबिकमा भएको व्यवस्थाबमोजिम नै सेयर धितो कर्जा पुँजी जोखिम भारलाई १५० प्रतिशतबाट घटाउनुपर्ने बताए।
त्यस्तै सरकारले एनजीओ/आईएनजीमाथि भ्याट गन चलाएको बताए।
उनले आर्थिक वर्ष ०७४/०७५ यता दातृनिकायसँग भ्याट रकम माग गरिरहेको उल्लेख गरे। जनसेवा गरेका निकायलाई अहिले भ्याट माग गर्न नमिल्ने धारणा व्यक्त गरे।
FACEBOOK COMMENTS