काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंकबीच एसएमएल इसुजुका गाडी किन्न कर्जा दिने भएको छ ।
एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंकबीच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर किन्न कर्जा दिने विषयमा सम्झौता गरेको छ ।
सम्झौता पत्रमा एभरेष्ट बैंकका डेपुटी जेनरल मेनेजर गौरब कुमारले र लक्ष्मी कमर्शियल भेहिकल्सका सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका छन् । यो सुविधा आजैदेखि लागू भएको छ ।
बैंकसँग आफ्ना सबै शाखा मार्फत गाडीको मुल्यको ७० प्रतिशतसम्म कर्जा दिने छ । कर्जा बढिमा ७ वर्षका लागि हुनेछ । साथै, सर्भिस चार्ज र ब्याजदरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने छ ।
FACEBOOK COMMENTS