काठमाडौं । एसीसी प्रिमियर कपमा राम्रो ब्याटिङ गरेको नेपाललाई कमजोर मानिएको कतारले नेपालको बलियो ब्याटिङ क्रमलाई धराशयी बनाइदिएको छ । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले २७ ओभरभित्रै ९ ब्याट्सम्यानहरु गुमाएको हो ।
दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेललाई गयान मनाविराले खुराम सहजादको हातबाट क्याचआउट गराएसँगै नेपालको विकेट पतन सुरु भएको थियो । भुर्तेलले आउट हुनुअघि ८ बलमा २ रन मात्रै जोड्न सके । तेस्रो नम्बरमा आएका भीम सार्की पनि आज चल्न सकेनन् । उनी १२ बलमा ६ रन बनाएर आउट भएका थिए ।
दुई ब्याट्सम्यान गुमाएर दवावमा आएको नेपाललाई आसिफ शेख र कप्तान रोहित पौडेलले सम्हाल्ने प्रयास गरे । उनीहरुबीच ४८ रनको साझेदारी भएको थियो । तर, १२.४ ओभरमा आसिफलाई इक्रामुल्लाह खानले आउट गरेपछि नेपालले थप ३ विकेट लगातार गुमाएको छ । आसिफले २७ बलमा २ चौकासहित १९ रन जोडे । आसिफलाई पछ्याउँदै कप्तान पौडेल पनि पेभिलियन फर्किए । उनले ३६ बलमा २ चौकाको मद्दतले २७ रन बटुले ।
विष्फोटक ब्याट्सम्यान कुशल मल्लको ब्याट पनि चलेन । छैटौं नम्बरमा आएका मल्ललाई ओयसिस अहमदले आफ्नै बलमा क्याच आउट गरे । मल्लले आउट हुनुअघि ५ बल खेल्दै ३ रन मात्र बनाएका थिए । अघिल्लो म्याचमा ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका सोमपाललाई नेपालले आज पाचौं नम्बरमा पठाएको थियो । तर, यो प्रयोग असफल भयो । लुज पुल सट खेल्दै उनी आउट भए ।
त्यस्तै सोमपाल कामी पनि २० ओभरमा आउट हुन पगे । यो सँगै २६ ओभरमा दुई खेलाडी आउँट भए जस्मा आरिफ सेख, दिपेन्द्र सिङ ऐरी छन् भने गुल्सन झा २७ ओभरमा आउट हुन पुगेका थिए ।
अहिले क्रिजमा सन्दिप लामिछाने र ललित राजवंशि रहेका छन् । अब नेपालको आशा यही जोडीमा टिकेको छ । जस्मा सन्दिपले नेपाललाई क्रिजमा टिकाइ रहेका छन् ।
FACEBOOK COMMENTS