काठमाडौं । आज दुई वटा लघुवित्त वित्तीय संस्थाले बार्षिक साधारण सभा बोलाएका छन् ।
आज एनएमबि लघुवित्त वित्तीय संस्था र नेसनल माइक्रोफाइनान्सले सभा बोलाएका छन् । एनएमबि लघुवित्तले सभामा गत वर्ष आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत ५ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।
सभा सिटी स्क्वायर न्यूरोड, पोखरामा हुनेछ । चैत १६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
यस्तै नेसनल माइक्रोफाइनान्सले गत आवको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण लाभांशमा कर छुट हुनेछ । यसकारण कर प्रयोजनका लागि नगद लाभांश व्यवस्था गरिएको छैन ।
समिट लघुवित्तसँग मर्जर सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीपत्र र दुवै संस्थाको सम्पति तथा दायित्व मूल्यांकन गर्नको लागि संयुक्त मर्जर समितिद्वारा नियुक्त लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक सभामार्फत अनुमोदन हुनेछ ।
सभा सभा धादिङ क्रिक रिसोर्ट, धादिङबेसीमा बिहान ११ बजे सुरु हुनेछ । वैशाख ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
FACEBOOK COMMENTS