काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले बैंक तथा वित्तिय संस्थालाई नयाँ शोषकको संज्ञा दिएका छन्।
बैंक तथा वित्तिय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको मन्त्री किरातीको भनाई थियो।
होटल एशोशिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्न गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गरे।
मन्त्री किरातीले पहिले शोषकहरू दौरा सुरूवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताए।
उनले शहरमा पनि बैंक तथा वित्तिय संस्थाहरूको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गराए।
‘१२ कक्षा पढेपछि सबै विद्यार्थीहरू विदेश जान्छन्। १२ कक्षा पढेपछि विद्यार्थीहरू किन जान्छन् विदेश रु पैसा छैन। बैंकलाई लगाई दिन्छ। पछि मिटरमा ब्याज लिन्छ। फेरी उसले पैसा फर्काएर लान्छ,’ उनले भने, ‘नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर। महंगो ब्याज बोकेर, कम्प्युटर ठोकेर। पहिला त दौरासुरूवाल लगाएर जुँगामा ताउ लगाउँदै तमसुक बोकेर आउथे शोसक। अहिले त कम्प्युटर बोकेर पो आउँछ।’
FACEBOOK COMMENTS