काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण दुई पटक स्थगित भएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो भने यस अघि नेपालले २३.२ ओभरको ब्याटिङ गरेपछि पानि परेर खेल स्थगित भएको थियो ।
त्यस्तै पहिलो पटक पानी परेर स्थगित भएको खेलमा पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो ।
खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको छ । नेपालका करण केसी एक्लैले ५ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् ।
पानी रोकिएन र आजको खेल रद्द भए नेपाल समूह विजेताको हैसियतले सेमिफाइनल पुग्ने पक्का छ ।
FACEBOOK COMMENTS