काठमाडौँ । नीजि क्षेत्रबाट सञ्चालित बैंकहरू धमाधम मर्जर भईरहदा सरकारी स्वामित्वमा रहेका बैंकबीच पनि मर्जरको चर्चा सुरू भएकाे छ ।
सरकारी स्वामित्वमा रहेकाे नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य बैंकबीच मर्जरका लागि अर्थमन्त्रालयले अध्ययन कार्यदल गठन गरेकाे हाे ।
यी दुई बैंकको मर्जर सम्बन्धमा अध्ययन विश्लेषण गर्न कार्यदल बनेको आइतबार मन्त्रालयले जानकारी दिएको हो।
कार्यदलको संयोजक मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुखलाई तोकिएको छ। अहिले उक्त महाशाखा प्रमुखमा भुपाल बराल छन्।
यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत सरकारी बैंक समेत मर्जरमा जान आवश्यक रहेको बताएका थिए।
पछिल्लो समय निजी क्षेत्रको बैंककै अधिकतम चुक्ता पुँजी ३५ अर्ब हाराहारीमा पुग्न थालेपछि सरकारी बैंकबीच पनि मर्जरको तयारी सुरु भएको हो।
राष्ट्रिय वाणिज्य बैंकको साधारणसभामा सार्वजनिक रुपमा गर्भनर अधिकारीले मर्जरको विषयमा बोलेका थिए।
नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने राष्ट्रिय वाणिज्यको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रहेको छ ।
नेपाल बैंकको खराब कर्जा १७३ अर्ब कर्जा रहेकाे छ भने बाणिज्यले २२५ अर्ब रुपैयाँ कर्जा रहेकाे छ । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा रिकोभरी हुन नसक्दा बैंकहरुको खराब कर्जा बढेको छ ।
FACEBOOK COMMENTS