काठमाडौं,पुस ६- कुमारी बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले पुस १४ गते देखि १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।
बैंकले १०.२५ प्रतिशत ब्याजदरमा सर्वसाधारणको लागि एक अर्ब २० करोड रूपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको हो भने ऋणपत्रको भुक्तानी अवधि १० वर्ष रहेको छ ।
कूल ३ अर्ब मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री हुनेछ । बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिनेछ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र लगानीकर्ताहरूले छिटोमा पुस १७ गतेसम्म र पहिलो चरणमा बिक्री नभए ढिलोमा माघ १४ गतेसम्म बिक्री खुला गरिनेछ। सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्।
ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ।
FACEBOOK COMMENTS