काठमाडौं,पुस ६- प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा)को नयाँ कार्यसमिती चयन भएको छ । पाटा नेपाल च्याप्टरको ४३ औं वार्षिकसाधारण सभाले अध्यक्षमा विभुतिचन्द ठकुरी सहित १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिमा निर्वतमान अध्यक्ष सुनिल शाक्य, प्रथम उपाध्यक्ष दीपकराजजोशी, द्धितीय उपाध्यक्ष टंकनिधि दाहाल (नेपाल वायुसेवा निगम), महासचिव शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) र कोषाध्यक्ष खेम लकाई (गेट कलेज) रहेका छन् । त्यसै गरी सदस्यमा महानिर्देशक डण्डुराज घिमिरे (पर्यटन विभाग), महानिर्देशक राजन पोखरेल (नागरिक उड्यन प्राधिकरण), कृष्णगोपाल जोशी (नेपाल वायुसेवा निगम) र श्रद्धा क्षेष्ठ (नेपाल पर्यटन बोर्ड) रहेको पाटाले जनाएको छ ।
यसैगरी अन्य सदस्यमा सदस्यमा नरेन्द्रदेव भट्ट (हेरिटेज टूर्स एन्ड ट्राभल्स), अब्दुल्ला टन्सर केससी (टर्किस एयरलाइन्स), रित्तल राना (मिड भ्याली इन्टरनेशनल कलेज),टासी गुरुङ (हिमालयन कैलाश ट्राभल्स एण्ड टुर्स), मन्जनी श्रेष्ठ (समिट एयर), टिकाराम सापकोटा (नेपाल भ्याकेसन) र राम बाराकोटी (हाइकिङ एडभेन्चर ट्रेक्स) रहेका छन्।
पाटाले कार्यसमितिमा लाक्पा फुटी शेर्पा (लग्जरी डीएमसी), सुनीलकुमार भुसाल (प्रिमियर होटल स्कुल), लीला भण्डारी ( गोइङ नेपाल), सञ्जयभक्तमाथेमा (एसडीयू ट्राभल), पृथ्वी श्रेष्ठ (नेपाल खाजे ट्राभल) र कुलप्रसाद सुवेदी (हिमालयन स्माइल ट्रेक्स) चयन गरेको छ।
नवनिर्वातिच अध्यक्ष ठकुरीले नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पर्यटनमार्फत सार्थक बनाउनेसहयोग गर्ने बताए । साथै उनले पूर्वाधार विकास, पर्यटन सम्बन्धी नीतिगत सुधार र हवाई क्षेत्र, राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स लगायतलाई प्राथमिकता दिने बताए।
FACEBOOK COMMENTS