काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो लागेका सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको जनाएको छ ।
बुधबार नै उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पेप्सीकोलाबाट पक्राउ परेका छन् । उनी गृह सचिव हुँदा नेपालीलाई भुटानी शरणार्थीको परिचयत्र बनाएर ठगेको आरोप लागेको छ ।
एमाले सचिव रायमाझीविरुद्ध जिल्ला अदालत कठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ । बुधवार अदालतबाट पक्राउ अनुमती पाएपनि अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा रहेका कारण पक्राउ गरिएको छैन ।
प्रहरी उनलाई पक्राउ गर्न तयारी अवस्थामा रहेको बुझिएको छ ।
भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाएर ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा रायमाझी पनि जोडिएका छन् ।
FACEBOOK COMMENTS