काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिटको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठको रिटमाथि सुनुवाइ गर्दै रास्वपालाई कारण देखाउ आदेश जारी गरेको हो ।
व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहेने गरी निष्कासन गरेको थियो ।
उनले आफूलाई फसाउन षड्यन्त्र भएको भन्दै अदालतबाट क्लिन चिट लिएर आउने दाबी गर्दै रिट दायर गरेका थिए ।
रास्वपाले गरेको कारबाही सदर गर्दै सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको संसदमा जानकारी गराइसकेका छन् ।
ढाकाको पद गएपछि रास्वपाबाट आदिवासी जनजाति क्लस्टरको सूचीमा दोस्रो नम्बरमा रहेकी विन्दबासिनी कंसाकार सांसदमा निर्वाचित गरेको थियो।
रास्वपाले त्यसअघि नै ढाकाकुमारलाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णयसहित संसद सचिवालयलाई पत्र पठाएको थियो।
रास्वपाको उक्त निर्णयविरुद्ध सांसद श्रेष्ठले पार्टीको पुनरावेदन कमिटीमा अपील गरेका थिए।
राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ मा सांसदलाई अनुशासनात्मक कारबाही गर्न सक्ने व्यवस्था छ। रास्वपाले यही व्यवस्थालाई टेकेर श्रेष्ठलाई कारबाही गरेको थियो।
FACEBOOK COMMENTS