काठमाडौं । सिटी होटलको आइपीओमा २४ करोड ८७ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज पहिलो दिन २ लाख १७ हजार ४३७ जना आवेदकले २४ लाख ८७ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् । यो माभन्दा १.८३ गुणा बढी आवेदन हो । होटलले आजदेखि आइपीओ निष्कासन खुला गरेको छ ।
यस होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । कम्पनीले पब्लिकका लागि छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमाध्ये १०५ अर्थात् १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेको छ । यस्तै, ४५ अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ५५ अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । अब सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा वैशाख २८ गतेसम्म आवेदन दिन पाउनेछन् ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । रेटिङ रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८ चैत २२ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ आगामी २०८० चैत २३ गतेसम्म बाहल रहनेछ ।
FACEBOOK COMMENTS