काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा त्रैमासमा एकपटक मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था हटाएको छ ।
अब तीन महिनाको औसत आधार दरका आधारमा मासिक रूपमा ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ ।
‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्नेछ,’ राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै निकालेको सूचनामा भनिएको छ ।
पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
अब बैंकहरूले आधार दर गणना गर्दा मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई प्रकाशित गर्नुपर्ने छ ।
त्यस्तै बैंकहरूले आधार दर गणना गर्दा मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आफ्नो वेबसाइटमा समेत प्रकाशित गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
यस्तै यसअघि कर्जाको आधार दरभन्दा कम ब्याजदर कर्जा प्रवाह गर्न नपाइने व्यवस्था गरिएकोमा अब भने पछिल्लो तीन महिनाको औसत आधार दरभन्दा कम गर्न नपाइने व्यवस्था गरिएको छ।
यसको अर्थ मासिक आधार दरभन्दा कममा ऋण प्रवाह गरिए पनि त्रैमासिक आधार दरमा व्यवस्थापन गर्न सकिने हो।
FACEBOOK COMMENTS