काठमाडौं, पुस १० – टिभीएस मोटर कम्पनीले टिभीएस एनटर्न १२५ रेस एडिसन स्कुटर नेपालमा सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र टिभीएस स्कुटरकी ब्राण्ड एम्बेस्टर शोस्तिमा खड्काले संयुक्त रुपमा स्कुटरको उद्घाटन गरे ।
रेस एडिशनमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अर्थात् आकस्मिक बत्ती पनि छ, जुन रातो रङको हजार्ड स्वीचद्वारा बाल्न गर्न सकिन्छ ।
भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै रेस इडिशनले टीभीएसको रेसिङ पेडिग्रीलाई झल्काउने कम्पनीले बताएको छ । यो स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो ।
स्कुटर एक्सक्लुसिभ एप्लिकेशनसँग पेयर्ड गरिएकोले टीभीएस कनेक्ट र रेस एडिशन प्रयोगकर्ताले स्पेशल रेस इन्स्पायर्ड युजर इन्टरफेस एक्सेस गर्न सकिने कम्पनीको दाबी छ ।
एनटर्क १२५ मा स्टेट—अफ—आर्ट १२४।७९ सीसी, सिंगल सिलिन्डर, ४—स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको छ जसले ९।४ पीएस तथा १०।५ एनएम टर्क जेनेरेटर गर्ने कम्पनीले बताएको छ । यो स्कुटर म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध छन् ।
FACEBOOK COMMENTS