काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटाएर मूल्यसूची पठाएको हो । आइओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ ।
सोअनुसार आइओसीले १५ दिनअघिको तुलनामा मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।
FACEBOOK COMMENTS