काठमाडौं । बागमती प्रदेश सरकारले २० वर्ष अवधि पूरा भएका सार्वजनिक सवारीसाधनलाई हटाउन निर्देशन दिएको छ ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सूचना प्रकाशित गर्दै त्यस्ता सवारी ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।
प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ अनुसार दर्ता भएको मितिले सार्वजनिक प्रयोजनमा प्रयोग भएका विद्युतीय सवारीसाधन ३० वर्षमा र अन्य २० वर्षपछि चलाउन पाइँदैन ।
यही ऐनमा टेकेर प्रदेश सरकारले हालसम्मको राजस्व बुझाइ अवधि पुगेका सवारी नचलाउन आग्रह गरेको हो ।
२० वर्ष पूराना सवारीसाधनहरुबाट प्रदुषण हुने र यात्राका दृष्टिकोणले पनि सुरक्षित नहुने हुँदा त्यसलाई हटाउने सरकारको नीति रहेको छ ।
FACEBOOK COMMENTS