काठमाडौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।
वैशाख २७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले नियुक्तिका लागि सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो ।
प्राधिकरणले जेठ ५ गते स्वीकृति दिएको थियो । आज सीईओ श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गरेका छन् ।
FACEBOOK COMMENTS