काठमाडौं -सांसदहरुले स्थानीय तहमा जथाभावी कर लगाईएको भन्दै त्यसलाई पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबारको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसदहरुले स्थानीय करलाई बैज्ञानिक आधारमा निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराए।
पार्वता देशी चौधरीले स्थानीय तहमा विविध विषयमा जथाभावी कर बढाउदा सर्वसाधरण मर्कामा परेको भन्दै उनले चर्को कर असुली गर्दै सरकारले जनतालाई न्युनतम सुविधा दिन नसकेको भन्दै बैज्ञानिक कर प्रणाली लागु गर्न सरकारको ध्यानाकर्षण गराइन।
पूर्ण कुमारी सुवेदीले स्थानीय तहमा लगाईएको कर बारे असन्तुष्ठी बढेको भन्दै त्यस बारे पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद प्रकाश रसाईली स्नेहीले सर्वत्र सरकारले लगाएको करको विरोध भईरहेको भन्दै सरकारले करको बरदान पाएको रहेछ भनी व्यग्य गरे। उनले कुन कुन विषयमा के कति कर घटाईएको हो सदनलाई जानकारी गराउन माग गरे।
FACEBOOK COMMENTS