काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन् ।
माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रधामन्त्रीले शनिबार संसदमा स्पष्टीकरण दिएका हुन् ।
शनिबार संसदको बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्री प्रचण्डले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्रनधिकार पशुपति विकास कोषको भएको र यसमा कुनै विवाद नभएको बताए ।
जलहरी राख्दा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै उनले यसमा सरकारको सहयोग रहने बताए । उनले अघि भने, ‘पशुपति क्षेत्र विकास कोषसँग सबन्धित विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोढेर विचार व्यक्त हुचित हुनु होइन ।’
FACEBOOK COMMENTS