काठमाडौँ– कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) दिनेश थकालीले कार्यभार सम्हालेका छन् ।
उनले आइतबारबाट कार्यभार सम्हालेका हुन् । यसअघि उनी प्रभु बैंकमा प्रमुख व्यापार अधिकृतका रुपमा कार्यरत थिए ।
उनले चार्टर्ड एकाउण्टेण्ट थकाली सांग्रिला डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत का साथै साढे दुई वर्ष प्रभु क्यापिटलको प्रबन्ध संचालकको जिम्मेवारी समेत समालेका थिए ।
त्रिभुवन विश्व विद्यालयबाट बिजनेस स्टडीमा स्नातकोत्तर गरेका थकाली डेढ दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय छन् ।
FACEBOOK COMMENTS