काठमाडौँ– कुमारी बैंकले बैंकको नाममा रहेको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
आज देखि यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १२१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ २२ गतेसम्म आवेदन दिन मिल्नेछ ।
FACEBOOK COMMENTS