काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले औंठी पनि नलगाउनेलाई सुनैसुन लगाएको ट्रोल बनाएर अफवाह फैलाएको बताएका छन् ।
बुधवार राजधानीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुनप्रति कहिल्यै मोह नभएको मलाई अहिले त बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् ।
यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् । कस्तो नियत, कस्तो घटिया कुरा होला ।
सानो हुँदा आमाको औंठी ४ दिन लगाएको याद छ । त्यसपछि एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाए । त्योबाहेक सुन कहिल्यै नलगाएको उनले बताए ।
प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउन लगाउँदा करिब ११ केजी सुन हराएको भन्दै ओलीको सामाजिक सञ्जालमा ट्रोल भएको थियो । ओलीको तस्वीरमा सुनैसुन ढाकिएको फोटो बनाएर भाइरल गरिएको छ ।
FACEBOOK COMMENTS