काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको साधारण सभाले लाभांश पारित गरेको हो ।
सोमबार बसेको सभाले आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट १४.५० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको हो । कम्पनीले ८ प्रतिशत बोनस र कर प्रयोजनसहित ६.५० प्रतिशत नगद लाभांश दिएको छ ।
सभाबाट २०७८–७९ को नाफा नोक्सान हिसाब किताब अनुमोदन गरेको छ । बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउनुपर्ने व्यवस्था पारित गरेको छ ।
हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँमा ८ प्रतिशत बोनस सेयर वितरणपश्चात तोकिएको पुँजी पुगेको छ । चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँ पुगेको छ ।
FACEBOOK COMMENTS