काठमाडाैं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालले पनि आफ्नो संसद भवनमा टिस्टा र काँगडा समेटिएको नेपालको नक्सा टाँस्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पन्तले भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर नेपालको भूभाग समेटिएको नक्सा संसद भवनमा टाँसेको विरोधमा नेपालले पनि टिस्टा र काँगडासम्मको नक्सा संसद भवनमा टाँस्नुपर्ने बताएका हुन्।
‘यदी भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर आफ्नो संसदमा राखिराख्न पाउँछ भने हामीले सतलज र राबी नदीसम्म पुगेको सिमाना, टिस्टा र काँगडा सामेल गरेको नक्सा हामीले पनि आफ्नो संसद भवनमा टाङ्दा के हुन्छ,’ उनले भने।
बिहीबार भारतीय विदेशमन्त्री यश जयशंकरले संसदमा टाँसेको ‘अखण्ड भारत’को नक्साबारे छिमेकी मुलुकहरूले बुझेको र यसलाई राजनीतिक रूपमा लिन नहुने बताएका थिए।
पन्तले जयशंकरको उक्त अभिव्यक्तिबारे सकारको धारणा के हो भनेर प्रश्न समेत गरेका छन्। ‘के नेपालले चित्त बुझाएको हो?’ उनको प्रश्न छ।
FACEBOOK COMMENTS